३ आश्विन २०८३, शनिबार | September 20, 2026

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली



झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन् । उनले सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताए । नेकपा (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनको आज विर्तामोडमा उद्घाटन गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

समिकरणमा सामेल दलहरुले जारी गरेको साझा सङ्कल्पको सातौँ बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य प्रष्ट रुपमा उल्लेख रहेको उनले स्मरण गराए । उनले यसअघि नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनको एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य रहेको दाबी गरे ।

उनले एमाले र कांग्रेसबीच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनीहरुबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गरे । “अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्,” उनले भने–“चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन् । दुबै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन ।”

उनले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाए झैँ एमालेले अरु सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताए । विसं २०८४ को आम चुनावमा एमालेले कसैले ढाल्न नसक्ने गरी एकल बहुमतको सरकार बनाउन चाहेको स्पष्ट पारे । कांग्रेसले विगतमा एमालेप्रति निषेधको राजनीति गरेको जनाउँदै उनले एमालेले कहिल्यै पनि निषेध, हिंसाको राजनीति नगर्ने धारणा व्यक्त गरे ।

पार्टीका पुराना नेता सम्मानित

एमाले झापाले जिल्ला अधिवेशन उद्घाटनको अवसर पारेर पार्टीका पुराना नेता तथा झापाको समृद्धिमा योगदान पु¥याएकालाई सम्मान गरेको छ । पार्टीका अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा बादलले सम्मानित व्यक्तिलाई खादा लगाएर कदरपत्र प्रदान गरेका थिए । सम्मानित हुनेमा पार्टीकी उपाध्यक्ष एवम् पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पार्टीका स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरा, झापा विद्रोहका अगुवा नेता नरेश खरेल, कालिदास श्रेष्ठ, शोभा कुँवर, पृथ्वी मैनाली, सुमित्रा प्रसाइँ, सावित्रा खड्का, अन्तलाल धिमाल, जानुका सिटौलालगायत छन् ।

यसैगरी, युवा वैज्ञानिक सबिन बाँस्कोटा, लाहा उद्योगी डम्बरकुमार विश्वकर्मा, झापा इनर्जीका सञ्चालक एलपी साँवा, तारा नमस्ते बालआश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेल लगायतलाई सम्मानित गरिएको छ । नेकपा एमाले झापाको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । पार्टीका जिल्ला इञ्चार्ज विशाल भट्टराईले नयाँ नेतृत्व चयन गर्दा पदाधिकारी सहमतिमा चयन हुने बताउनुभएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ९ : ४९ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब