२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

ब्रेक फेल हुँदा सडकमा ठाडै उभियो यात्रुबाहक बस



काठमाडौं । सामाजिक सञ्जालमा एकाएक भाइरल भएको तस्वीर कुनै एआई वा सम्पादन गरिएको दृष्य होईन । पोखराको लेखनाथ अर्चलेमा ब्रेक फेल भएर भएको भनिएको बस दुर्घटनाको दृष्य हो । सो दुर्घटनाबाट दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा ब्रेक फृल भएर सडकमा उभिन पुगेको हो ।

बसमा रहेको दुईजनामा दुबैजना घाइते भएका छन् । दुर्घटना भएको बसमा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदीमात्र थिए । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । बस दुर्घटना भएको तस्वीर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १२ : ४८ बजे

दीपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

काठमाडौं। नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत १११ खर्ब रुपैयाँ लाग्ने

काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब एक सय ११

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय