६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

जिल्ला र उच्च अदालतको आदेश बदर, सर्वोच्चबाट न्यायाधीस गिरीलाई थुनामा राख्ने आदेश



काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै थुनामा पठाउन आदेश दिएको हो ।

गिरी कपिलवस्तु जिल्ला अदालतमा कार्यरत रहेकै अवस्थामा न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यस लगत्तै काठमाडौं प्रहरीले अघिल्लो वर्षको चैत्र २७ गते गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी उनलाई कपिलवस्तु पठाएको थियो । कपिलवस्तु प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई हिरासतमा राखेर गरी अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले गिरी विरुद्ध वैवाहिक बलात्कारको मुद्दा चलाएपछि जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । मुद्दा दायर भएपछि न्यायाधीश गिरी निलम्बनमा छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : १९ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए