२३ भदौ २०८३, मंगलबार | September 9, 2026

रुपन्देही प्रहरीले सुन्यो नागरिकको गुनासो



बुटवल । रुपन्देही प्रहरीले स्थानीयबासीसँग अन्तरक्रिया गर्दै प्रहरी प्रतिको नागरिक गुनासो सुनेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ धकधईमा अन्तरक्रिया गर्दै रुपन्देही प्रहरीले नागरिक गुनासो सुनेको हो । स्थानीय सरस्वती थर्क बहादुर रायमाझी धर्मशालामा आयोजित जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नागरिकहरुको गुनासो र प्रहरी कार्यप्रतिको जवाफदेहिताको लागी नागरिक सुनवाई तथा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा बोल्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले शान्ति शुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, लागु औषध नियन्त्रण, चोरी तस्करी नियन्त्रण तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सम्पादन गरीएका कार्यहरुको बारेमा जानकारी दिए । उनले सहभागीहरुको तर्फबाट उठेका प्रश्न एवम् गुनासाहरुको सम्बोधन हुने प्रतिबद्धता पनि जनाए ।

रोहिणी गाउँपलिकाका अध्यक्ष बिद्या प्रसाद यादवले प्रहरीले जनताको गुनासो सुन्ने काम गरेकोमा प्रहरीलाई धन्यबाद दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, पत्रकारहरु, पुर्व प्रहरी कर्मचारीहरु, समाज सेवी, बुद्दिजिवि, स्थानिय आमा समुह, युवा क्लव, नागरिक समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ५४ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी