११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

अल्लु अर्जुनको ‘पुष्पा २ : द रुल’ को टिजर सार्वजनिक हुदैँ



काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनले सन् २०२१ मा रिलिज भएको फिल्म पुष्पः द राइजमा उत्कृष्ट अभिनय गरेका थिए । उनको कामलाई दर्शकले निकै मन पराएका थिए र फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो ।

अब अल्लु अर्जुनले यस फिल्मको दोस्रो भागको दोस्रो टिजर सार्वजनिक हुने भएको छ । अभिनेताले आफ्नो जन्मदिनको अवसरमा फिल्म ‘पुष्पा २ः द रुल’ को टिजर रिलिज गर्ने जानकारी उनले इन्स्टाग्राम मार्फत फ्यानहरुलाई दिइसकेका छन ।

अल्लु अर्जुनले यही अप्रिल ८ मा आफ्नो ४२ औं जन्मदिन मनाउँदै छन् । उनका सबै फ्यानहरु उनको जन्मदिनको प्रतिक्षामा छन् किनभने यही दिन ‘ पुष्पा २ः द रुल’ को टिजर रिलिज हुँदैछ । आउनुहोस् हामी तपाईलाई बताउँछौं कि यो कहिले आउँछ र पहिलो टिजर कहिले रिलिज हुन्छ।

अल्लु अर्जुनले फिल्म ‘पुष्पा २ः द रुल’को अर्को पोस्टर सेयर गरेका थिए । यो पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘पुष्पा २ः द रुल’को टिजर सोमवार बिहान ११.०७ बजे। अर्थात ८ अप्रिलमा आउनेछ । सोसँगै यो दिन अल्लु अर्जुनले आफ्नो ४२ औं जन्मदिन मनाउने छन् ।

यो पोस्टरमा अल्लु अर्जुन आफ्नो ‘पुष्पा’ स्टाइलमा बसेका छन् । उनको हातमा बञ्चरो छ र केही मानिस उनको पछाडि उभिरहेका छन् ।  ‘पुष्पा’ जसमा बसेको छ, त्यो सिंहासन जस्तो देखिन्छ । गत वर्ष अल्लु अर्जुनको जन्मदिनमा फिल्मको पहिलो टिजर रिलिज भएको थियो ।

यो टिजर हेरेर फ्यानमा फिल्म छिट्टै रिलिज हुनेमा फरक उत्साह पैदा भएको छ । त्यसपछि मात्रै फिल्मको रिलिज मिति सार्वजनिक भएको हो । फिल्म पुष्पाको पहिलो टिजरमा पुष्पा २ को झलक देखाइएको थियो, जुन दर्शकको मन जित्न निकै सफल भएको थियो । चलचित्र ‘पुष्पा २ः द रुल’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदैछ । फिल्मको अल्लु अर्जुन अर्थात् पुष्पा र रश्मिका मन्डन्ना अर्थात् श्रीवल्लीको फर्स्ट लुक सेयर गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ९ : ४४ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि