२२ मंसिर २०८२, सोमबार | December 8, 2025

यातायात मजदुर तथा व्यवसायी भलाई कोषले विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउँदै



बुटवल । यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलले स्थापनाको ५० वर्ष पुगेको अवसरमा विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउने भएको छ । वि.स. २०३१ सालमा स्थापना भएको भलाई कोषले ४६ औं वार्षिक साधारणसभा तथा स्वर्ण महोत्सवको अवसरमा वैशाख १ गतेदेखि ३ दिनसम्म विभिन्न कार्यक्रम गर्ने भएको हो ।

संस्थाले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा वैशाख १ गते ५ लाख १ हजार १११ रुपैयाँको अक्षेकोष स्थापना गर्दै उक्त कोषबाट सदस्यका छोराछोरीहरुका लागि प्रत्येक वर्ष छावृत्ति प्रदान गर्ने अध्यक्ष दिनेश फुल्लेल जानकारी दिए ।

यसैगरी स्वर्ण महोत्सव कार्यक्रम अन्तरगतनै वैशाख १ गते विहान क्यालेन्डर विमोचन, २ गते रक्तदान, दुर्घटना न्युनिकरण, ट्राफिक जनचेतना, सवारी ऐन र बीमा सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया गर्ने भएको छ । वैशाख ३ गते महोत्सवको अन्तिम दिन मूल समारोहसहित स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन र सम्मान कार्यक्रम आयोजना गरिएको अध्यक्ष फुल्लेलले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा शाखा बिस्तार गरेको भलाई कोषमा करिब ३ हजार सदस्यहरु आवद्ध रहेका छन् । कोषले दुर्घटनामा अङ्गभङ्ग भएका यातायात मजदुरहरुलाई मासिक २ हजार २ सय पेन्सन व्यवस्था गर्दै आएको छ । हाल उक्त सुविधा लिने १८ जना सदस्य रहेको कोषले जनाएको छ ।

व्यावसायी तथा मजदुरहरुको भलाईका लागि काम गर्दै आएको कोषले बिमा कम्पनीसँग सम्झौता गरी दुर्घटनापछिको आर्थिक क्षेति व्यहोर्दै आएको छ भने दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ०१ बजे

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण