२९ भदौ २०८३, सोमबार | September 14, 2026

यातायात मजदुर तथा व्यवसायी भलाई कोषले विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउँदै



बुटवल । यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलले स्थापनाको ५० वर्ष पुगेको अवसरमा विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउने भएको छ । वि.स. २०३१ सालमा स्थापना भएको भलाई कोषले ४६ औं वार्षिक साधारणसभा तथा स्वर्ण महोत्सवको अवसरमा वैशाख १ गतेदेखि ३ दिनसम्म विभिन्न कार्यक्रम गर्ने भएको हो ।

संस्थाले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा वैशाख १ गते ५ लाख १ हजार १११ रुपैयाँको अक्षेकोष स्थापना गर्दै उक्त कोषबाट सदस्यका छोराछोरीहरुका लागि प्रत्येक वर्ष छावृत्ति प्रदान गर्ने अध्यक्ष दिनेश फुल्लेल जानकारी दिए ।

यसैगरी स्वर्ण महोत्सव कार्यक्रम अन्तरगतनै वैशाख १ गते विहान क्यालेन्डर विमोचन, २ गते रक्तदान, दुर्घटना न्युनिकरण, ट्राफिक जनचेतना, सवारी ऐन र बीमा सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया गर्ने भएको छ । वैशाख ३ गते महोत्सवको अन्तिम दिन मूल समारोहसहित स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन र सम्मान कार्यक्रम आयोजना गरिएको अध्यक्ष फुल्लेलले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा शाखा बिस्तार गरेको भलाई कोषमा करिब ३ हजार सदस्यहरु आवद्ध रहेका छन् । कोषले दुर्घटनामा अङ्गभङ्ग भएका यातायात मजदुरहरुलाई मासिक २ हजार २ सय पेन्सन व्यवस्था गर्दै आएको छ । हाल उक्त सुविधा लिने १८ जना सदस्य रहेको कोषले जनाएको छ ।

व्यावसायी तथा मजदुरहरुको भलाईका लागि काम गर्दै आएको कोषले बिमा कम्पनीसँग सम्झौता गरी दुर्घटनापछिको आर्थिक क्षेति व्यहोर्दै आएको छ भने दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ०१ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा