२९ मंसिर २०८२, सोमबार | December 15, 2025

त्रिविमा रजिष्टार र रेक्टर नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्टारमा प्राडा केदार रिजाल र रेक्टरमा प्राडा खड्क केसी नियुक्त भएका छन् ।

त्रिविका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यी दुई पदमा नियुक्ति गरेका हुन् । उपकुलपति प्राडा केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए ।

नवनियुक्त रजिष्ट्रार रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् । यस्तै रेक्टर केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रमुख हुन् ।

त्रिवि ऐनमा रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गर्ने व्यवस्था रहेको छ । तर, राजनीतिक नियुक्तिका लागि निरन्तर दबाब बढेपछि नियुक्ति प्रक्रियामा ढिलाई भएको थियो । अन्त्यमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिहरु नै रजिष्टार र रेक्टर नियुक्त भएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ६ : १५ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार