२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह



बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ मा नवनिर्मित बैंकको आफ्नै कार्यालय भवनबाट आजदेखि सेवा दिन सुरु गरिएको हो । आज (मंगलबार) आयोजित एक औपचारिक कार्यक्रमकाबीच बैंकको कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईश्तियाक अहमद खाँ तथा माछापच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उदघाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख खाँले माछापुच्छ्रे«े बैंक लि. ले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुसी व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एंव व्यवस्थापन समितिलाई शुभकामना दिए ।

बैंकको संचालक समितिका अध्यक्ष केसीले माछापुच्छ्रे«े बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउन्े लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउंदा निक्कै नै हर्ष लागेको वताए । उनले बैंकले गुणस्तरिय सेवा प्रदानगर्नको लागि कुनै पनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा अधिकारी, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ३८ बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्