१४ असार २०८३, आइतबार | June 28, 2026

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै



बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका लागी उपमहानगरपालिकाले सक्दो प्रयास गरिरहेको बताएका छन । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले नयाँ बर्ष २०८१ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले अस्पतालले आफ्नो सेवा सुविधा बिस्तार गर्दै लैजानेपनि जानकारी दिए ।

पाण्डेयले अस्पताल स्थापनाको २५ बर्षसम्म स्तरउन्नति हुन नसकेका कुराहरुलाई पिपिइ मोडेलको आधारमा अगाडी बढाईने बताए । आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनले आम्दा अस्पताल नेपालमा पिपिइ मोडेलको पहिलो प्रारम्भिक मोडल भएको बताउदै शिक्षा र स्वास्थका बिषयलाई उपमहानगरले प्राथमिकतामा पारेको जनाए ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद पराजुलीले २०८१ साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम सुरुगर्ने गरि काम अगाडी बढाइएको जानकारी दिए । डा. पराजुलीले हाल अस्पतालले बहिरंग सेवा, अन्तरंग सेवा, इन्भेस्टिगेसन, २४ सै घण्टा आकस्मिक सेवा, बिशेष सेवा , खोप , परिवार नियोजन सेवा, स्वास्थ्य सचेतना लगायतका सेवा प्रदान गरेको बताए । उनका अनुसार अस्पतालमा हाल प्रमाणपत्र तह नर्सिङ्ग,स्वास्थ्य चिकित्सा, डिप्लोमा इन फार्मेसी लगायतका शैक्षिक कार्यक्रमहरु संचालनमा रहेका छन् । डाक्टर पराजुलीले शैक्षिक कार्यक्रम र हाल १०० शैयामा रहेको अस्पतालको स्तरबृद्धि गरि ३०० शैयामा बिस्तार गर्ने, महिलाको पाठेघर क्यान्सर उपचार सेवा बिस्तार गर्ने लगायतका योजना अगाडि बढाईएको जानकारी दिए ।

शुभकामना दिँदै उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष एवं आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका उपाध्यक्ष हरि प्रसाद अर्यालले हालसम्म संस्थाले आम्दा अस्पतालका हरेक कार्यक्रमहरुमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि संगै रहेर अस्पतालका आवश्यकता पुरा गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासंग रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले अस्पताललाई नागरिक मैत्री बनाउन सञ्चार माध्यमको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगका लागि प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : १२ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट