२९ मंसिर २०८२, सोमबार | December 16, 2025

नेपाल हङकङसँग पराजित



काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछाएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस  जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाएका थिए ।

त्यसैगरी हङकङका बलर आयुष सुक्लाले सर्बाधिक ३ विकेट लिए भने अत्तिक इकवाल, यासिम मुर्तजा र एहसान खानले एक एक विकेट लिएका थिए ।

यो जितसँगै हङकङ आगामी इमर्जिङ टिम्स एशिया कपका लागि छनौट भएको छ । इमर्जिङ टिम्स एशिया कपमा ओमान, युएई र हङकङ छनौट भएको छ ।

एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन रहेको नेपाल भने यस प्रतियोगितामा चौथो रहदै एशिया कप र इमर्जिङ टिम्स एशिया कप दुवैमा छनौट हुन असफल भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ८ : १८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको