४ पुस २०८२, शुक्रबार | December 19, 2025

रासस र ‘कतार न्यूज एजेन्सी’बीच र समझदारीपत्रमा हस्ताक्षर हुने



काठमाडौं । नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’ (क्युएनए)बीच समाचार आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आजदेखि हुन लागेको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा दुई देशका समाचार समितिबीच समझदारीपत्रमा हस्ताक्षर हुन लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सञ्चार मन्त्रालयका अनुसार समझदारीपछि दुवै संस्थाबीच निःशुल्क समाचार आदानप्रदान हुनेछ । साथै राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत नेपालका सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज हुनेछ ।

विसं २०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित नेपालको एकमात्र समाचार एजेन्सी हो । क्युएनए सन् १९७५ मे २५ मा स्थापना भएको राज्यद्वारा सञ्चालित कतारको एकमात्र समाचार समिति हो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ८ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको