६ आश्विन २०८३, मंगलबार | September 22, 2026

रासस र ‘कतार न्यूज एजेन्सी’बीच र समझदारीपत्रमा हस्ताक्षर हुने



काठमाडौं । नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’ (क्युएनए)बीच समाचार आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आजदेखि हुन लागेको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा दुई देशका समाचार समितिबीच समझदारीपत्रमा हस्ताक्षर हुन लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सञ्चार मन्त्रालयका अनुसार समझदारीपछि दुवै संस्थाबीच निःशुल्क समाचार आदानप्रदान हुनेछ । साथै राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत नेपालका सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज हुनेछ ।

विसं २०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित नेपालको एकमात्र समाचार एजेन्सी हो । क्युएनए सन् १९७५ मे २५ मा स्थापना भएको राज्यद्वारा सञ्चालित कतारको एकमात्र समाचार समिति हो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ८ : ३८ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ