२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काठमाडौं उपत्यकाभित्र १५ दिन अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द; असन, महाबौद्ध र टेकु सिल गरिँदै



काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमण अत्याधिक बढ्दै गएपछि उपत्यकाका तीन जिल्लाको दैनिक गतिविधिमा थप कडाई हुनेभएको छ ।

उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आइतबारदेखि १५ दिन अत्यावश्यक सेवाबाहेक जिल्ला प्रशासनले प्रत्यायोजन गर्ने सेवा  १५ दिन स्थगित गर्ने निर्णय गरेको हो ।

शान्ति सुरक्षा र अत्यावश्यक सेवाबाहेकका अन्य सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

सीडीओ बैठकले उपपत्यकाभित्र जहाँ संक्रमण हुन्छ त्यहाँ तत्कालै सिल गरेर मानवीय गतिविधि ठप्प पार्ने निर्णय गरेको छ । जसअनुसार अहिले सबैभन्दा धेरै संक्रमण देखिएको असन, महावौद्ध र टेकु क्षेत्र सिल हुनेभएको छ ।

उपत्यकाका सपिङ मल एवं व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको हेर्ने, नभएको पाइएमा तत्कालै बन्द गराउने समेत निर्णय भएको छ ।

बैठकले काठमाडौं प्रवेशलाई पनि थप कडा बनाउने निर्णय भएको छ ।

भाइरसका संक्रमित बढेसँगै अस्पतालहरुमा बेडको अभाव देखिन थालेका कारण उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गरिएको छ । यो प्रस्ताव गृहमन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय समेत भएको छ ।

आम मानिसलाई जथाभावी नहिँड्नका लागि आग्रह गर्ने, घरबाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, आग्रह अटेर गर्नेलाई तत्कालै कारवाही गर्ने निर्णय पनि तीन सीडीओले गरेका छन् ।

अत्यावश्यक बाहकेका अन्य सेवा रोक्न पनि तीनै जिल्लाका सीडीओबीच सहमति भएको छ । सरकारी कार्यालयहरु पनि आंशिक रुपमा मात्र खुल्नेछन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ०९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार