१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट



बुटवल । मातातिर्थ औंशी का अवसरमा लुम्बिनी केबलकारले ६० वर्षमाथिका महिलालाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मातातिर्थ औंशी विशेषगरी आमाहरुको सम्मान गर्ने महत्वपूर्ण अवसर भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले बैशाख २६ गते एक दिनका लागि मात्र ६० वर्षमाथिका नारीहरुलाई केबलकार यात्रामा छुट दिने निर्णय गरेको केबलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए ।

छुट अनुसार प्रति व्यक्ति ५ सय रुपैयामा केबलकारको दुईतर्फी यात्रा र बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी तथा दुर्गा माताको मन्दिरमा दर्शन र पुजाआजा गर्न सकिने घिमिरेले बताए । केबलकारको साधारण टिकट दर एक हजार रुपैयां हो । यद्यपि कम्पनीले अर्को निर्णय नहुंदासम्मका लागि ७५० रुपैयां कायम गरेको छ ।

यो छुटको सदुपयोग गर्दै ६० वर्ष माथिका आफ्ना आमा, दिदी, बहिनीहरुलाई केबलकारको यात्रा गराउन कम्पनीले सबैमा आग्रह गरेको छ । गत वर्ष जेठ १५ गतेदेखि सञ्चालनमा आएको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

हाल नेपालमा सञ्चालित ६ वटा मध्ये लुम्बिनी केबलकार दोस्रो लामो केबलकार हो । बुटवल बमघाटमा रहेको तल्ले स्टेशनबाट १२ मिनेटमा केबलकारको टप स्टेशन बसन्तपुर पुगिन्छ । बसन्तपुरमा तराईमा भन्दा करिब १० डिग्री सेल्सियस तापक्रम कम हुने हुंदा गर्मी सिजनमा शितल महसुस हुने कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : २४ बजे

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति