३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

स्रोत नखुलेको झन्डै १ करोड रकम सहित रुपन्देहीका समिर र मिलन काठमाडौंमा पक्राउ



काठमाडौं । स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित रुपन्देहीका २ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ९८ लाख रुपैयाँसहित दरबारमार्ग क्षेत्रबाट रुपन्देही सियारीका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका-७ अमुवाका समिर सुनार र मिलन बिक रहेका छन् । उनीहरुसंग रहेको रकमको स्रोत खुल्न नसकेपछि नियन्त्रणमा लिएर अनुसनधान थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।

घटनाबारे प्रहरीले केहीबेरमा पत्रकार सम्मेलनको तयारी गरेको बताइएको छ । दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा गइरहेका बेला उनीहरू रकमसहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरु भरीयाका रुपमा रहेको र रकम सुन कारोबारमा प्रयोग भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ११ : २१ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय