४ असार २०८२, बुधबार | June 18, 2025

स्रोत नखुलेको झन्डै १ करोड रकम सहित रुपन्देहीका समिर र मिलन काठमाडौंमा पक्राउ



काठमाडौं । स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित रुपन्देहीका २ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ९८ लाख रुपैयाँसहित दरबारमार्ग क्षेत्रबाट रुपन्देही सियारीका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका-७ अमुवाका समिर सुनार र मिलन बिक रहेका छन् । उनीहरुसंग रहेको रकमको स्रोत खुल्न नसकेपछि नियन्त्रणमा लिएर अनुसनधान थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।

घटनाबारे प्रहरीले केहीबेरमा पत्रकार सम्मेलनको तयारी गरेको बताइएको छ । दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा गइरहेका बेला उनीहरू रकमसहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरु भरीयाका रुपमा रहेको र रकम सुन कारोबारमा प्रयोग भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ११ : २१ बजे

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक