चितवन । चितवनको नारायणघाट र नवलपुरको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको सिग्नेचर पुलको शिलन्यास भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पूर्व-पश्चिम राजमार्गको नारायणी नदीमाथि बन्ने पुलको शिलन्यास गरेका हुन् ।
चार वर्षमा निर्माण सम्पन्न हुने यो पुलमा दुई वटा पिल्लर हुनेछन् भने नेपालकै अहिलेसम्मको आकर्षक पुल बन्नेछ ।
पुलको शिलन्यास गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
“सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ । सबैभन्दा महत्त्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,” प्रधानमन्त्रीले भने, “यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।”



















प्रतिक्रिया