१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस



मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले रचनात्मक क्रियाकलापसहित आफ्नो ३५ औं स्थापना दिवस मनाएको छ । संघले स्थापना दिवसको अवसरमा मध्यविन्दु–१५ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा रहेको ज्ञानोदय माविमा रङ्गरोगन गरिएको छ भने सोही बिद्यालयमा २५ हजारको अक्षयकोष पनि स्थापना गरिएको छ ।

संघले मगलबार आयोजना गरेको कार्यक्रममा शुभकामना दिँदै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य चन्द्रमणी खनालले युवाहरुलाई थप संगठित गरी रचनात्मक क्रियाकलापमा जोड्नुपर्ने सुझाव दिए ।

यसैगरी पूर्व सांसद तथा एमाले नेता जनकलाल श्रेष्ठ, एमाले प्रदेश कमिटी सदस्य भिमलाल श्रेष्ठ, नेता बाबुराम पाण्डेय लगायतले बोल्दै सिर्जनशिल र रचनात्मक क्रियाकलापले नै युवाहरुलाई संगठित गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा अध्यक्ष सागर पाठकले युवाहरुलाई राजनीतिक, सामाजिक तथा आर्थिक रुपले संगठित गर्न आवश्यक रहेको बताए । सोही उद्देश्य र योजना अनुसारनै संघले विभिन्न समयमा रचनात्मक क्रियाकलाप गर्दै आएको उनको दाबी थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ८ : १८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा