२ पुस २०८२, बुधबार | December 17, 2025

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना



बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ । शुक्रबार भएको अनुगमनका क्रममा खशीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासुपसललाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको हो ।

बुटवल पूरानो बसपार्क नजिकैको न्यु मेहेदी मासु पसल र बुटवल १ को पप्पु मासु पसलले मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको भन्दै १०-१० हजार रुपैयाँ जरिवाना गराएको अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए ।

उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत घरमा मासु बधस्थल बनाएको, खशीबोका भनेर बाख्रीको मासु बेच्ने गरेको र दुर्गन्ध फैलाएको भन्दै पहिलोपटक १०-१० हजार जरिवाना गराएको उनले बताए ।

अनुगमन समितिको बैठकले दुई मासु पसललाई व्यवस्थित गर्न सचेत गराउँदै एक हप्ताभित्र व्यवस्थित गर्न र तिनाउ पुलमुनिबाट पसल अन्यत्र सार्न निर्देशन दिने निर्णय गरेको छ ।

बुटवलमा मासु व्यवसायमा लापरबाही बढ्दै गएको र पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन अनुसार मासु पसल सञ्चालन हुनुपर्नेमा अटेरी गरिरहेकाले नियमित रुपमा अनुगमन गरिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। उनले खशीबोकाको मासु पशु बधशालाबाट ल्याएर बिक्री गर्न आग्रह गर्दै स्वच्छ र स्वस्थ मासु खरिद गर्न उपभोक्तालाई आग्रह गरिन् ।

‘उपभोक्ता आफुले खाने मासु कस्तो ठाउँमा बध गरिन्छ, खसीबोकाको मासु भनेर बाख्रीको मासु बेचिएको छ कि भनेर सोच्नु पर्‍यो, उनले भनिन्-अस्वस्थ मासुका कारण के कस्ता रोग लाग्छन् भन्ने कुरा पनि जानेर अन्तरराष्ट्रिय मापदण्डअनुसार सञ्चालनमा आएको पशु बधशालाकै मासु खरिद गर्नुपर्‍यो ।’

मासु पसलहरु व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने गरी बधशाला सञ्चालन भइसकेको र बधशालामा बध गरेको मासु मात्रै मासु पसलमा ल्याएर बिक्री गर्नुपर्ने बुटवल उपमहानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख झविन्द्र बञ्जाडेले बताए ।

बुटवलमा उपभोक्ता अधिकारको बारेमा उपभोक्ता सचेत हुनुपर्ने र कानूनविपरीत काम गर्नेलाई कानुनी कारबाही गर्न प्रेरित गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुद्र जिसीले बताए ।

गलत मनसायका मासु व्यवसायीका कारण मासु व्यवसाय क्षेत्र नै बदनाम भइरहेकाले नियमित अनुगमन गरी कारबाही गर्नुपर्नेमा आफुहरु सकारात्मक रहेको मासु व्यवसायी संघ रुपन्देहीका महासचिव थानेश्वर सुवेदीले बताए ।

बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसार बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउँछन् ।

बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यवसायिक रुपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही गर्ने व्यवस्था सो ऐनमा छ ।

ऐनअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ ।

पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना नगरेमा कारबाही गर्ने भन्दै बुटवल उपमहानगरपालिकाले मासु व्यवसायीहरुलाई सचेत गराउँदै आएको छ ।

झन्डै २२ करोड लगानीमा बुटवलको धागो कारखाना नजिकै निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ ।

यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ। बधशालामा दैनिक एक हजार खशीबोका बध गर्नसक्ने क्षमता रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ५ : ०८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष