२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले साउन २३ गते शुक्रबार अलग अलग स्थानमा तीन जनाको मृत्यु भएको बताएका हुन् ।

जसमध्ये, काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ निवासी ४१ वर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ। उनको शुक्रबार बिहान ११ः३०मा मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

यसैगरी मोरङको विरानटगर महानगरपालिका वडा नं. ९ निवासी ५८ वर्षीय एक पुरुषको शुक्रबा बिहान सवा ९ बजे मृत्यु भएको छ । ती पुरुष उच्च रक्तचाप र निमोनियाका बिरामी रहेका ती पुरुषलाई स्वावप्रश्वासमा समस्या भएपछि सप्तकोशी अस्पतालबाट कोशी अस्पतालमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

यस्तै, पर्साको वीरगन्ज महानगरपालिका छपकैया निवासी ७६ वर्षीय पुरुषको शुक्रबारै दिउँसो साढे १ बजे गण्डक कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनी मधुमेह र दमका रोगी थिए ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ४ : ४० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती