११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

‘पुजार सार्की’ र ‘फर्की फर्की’लाई दर्शकको साथ



काठमाडौं । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘पुजार सार्की’र ‘फर्की फर्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’ सहित प्रदर्शन भए ।

चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन । जातीय र वर्गीय विभेद्को कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताए । “यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेद्ले विनाश भन्ने देखाउन खोजेको छु । मैले अघिल्ला चलचित्रमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ”, निर्देशक राउतले भने ।

उनले आफ्ना कलाकारसँग बिहीबार दिनभर काठमाडौं उपत्यकाका चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिएका थिए । दर्शकले दिएको प्रतिक्रियाले चलचित्र लामो समयसम्म प्रदर्शन हुनेमा उनी विश्वस्त छन ।
विकास सुवेदीले लेखेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय गरेका छन ।

प्रदर्शनरत अर्को ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले पहिलो दिन अधिकांश ‘सो’ ‘हाउसफूल’ रहेको जानकारी दिए । उनले भने, “उच्चस्तरीय चलचित्र भन्दै दर्शकले तारिफ गर्नुका साथै ‘टाइम लुप’ को प्रयोगलाई चाख दिएर हेर्नुभयो । नेपाली चलचित्रमा ‘टाइम लुप’ नयाँ प्रयोग हो । पहिलो दिनको व्यापार निकै उत्साहजनक छ । अब चलचित्र हेर्न दर्शकले नै सिफारिस गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।”

उनले शुक्रबार बिहानदेखि नै दर्शकको चाँप चलचित्र भवनमा देखिएको जानकारी दिए । सूयोग गुरुङले निर्देशक गरेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय गरेका छन ।

निर्माण पक्षको दाबीअनुसार दुवै चलचित्रले पहिलो दिन एक करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ८ : ३३ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि