७ पुस २०८२, सोमबार | December 22, 2025

श्रवणपथको औषधी पसलमा लागेको आगलागी नियन्त्रणमा



बुटवल । बुटवलको श्रवणपथ स्थित औषधीको थोक पसलमा भएको आगलागी नियन्त्रणमा आएको छ । साढे ९ बजे लागेको आगो झण्डै १ घण्टाको प्रयासमा नियन्त्रणमा आएको हो ।

स्थानीय तथा इलाका प्रहरी कार्यालय बुटवलका जवानहरुले बुटवल उपमहानगरपालिकाको दुईवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएका हुन । औषधीको थोक कारोबार गर्ने आदर्श डिस्ट्रीब्यूटर्समा बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पसलका संचालक सम्पर्कमा नआएका कारण सटर फोडेर आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी विजयराज पण्डीतले बताए । सर्जिकल र केमिकलको थोक बिक्रेता रहेको पसलका अधिकांस सामान जलेर नष्ट भएको उनले बताए ।

पसलको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । पसल संचालक बुटवल देखि बाहिर रहेको बुझिएको र उनी आएपछि बिल बिजकका आधारमा क्षतिको विवरण संकलन गरिने डीएसपी पण्डीतले बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : ५६ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र