१३ बैशाख २०८३, आइतबार | April 26, 2026

कान खुलेर सुने हुन्छ! आगामी निर्वाचनमा काठमाडौं एमालेको किल्ला हुन्छ : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौंका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

एमालेको काठमाडौं जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पु(याउनुपर्ने बताए ।

अध्यक्ष ओलीले काठमाडौंको पार्टी सङ्गठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे। “यद्यपि गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुठ र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुठ र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ ।’’ उनले थपे, ‘कान खुलेर सुने हुन्छ। आगामी निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला हुन्छ ।’

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिल्लाको पार्टी कामको वस्तुनिष्ठ समीक्षा गर्न प्रतिनिधिलाई आग्रह गर्दै आगामी दिनमा जनमत हासिलमा श्रेष्ठ हुने गरी काम गर्नुपर्ने खाँचो औल्याए । उनले हाल पार्टीभित्र नीति र नेतृत्वमा विवाद नभएकाले सकेसम्म सहमतिका आधार र नभएमा स्वच्छ प्रतिस्पर्धाका आधारमा अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौंका जनताले एमालेलाई अग्रस्थानमा पु¥याउनु पर्नेमा जोड दिइन। एमाले काठमाडौँ इञ्चार्ज आनन्द पोखरेल र बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले अधिवेशनले पार्टीलाई आगामी निर्वाचनमा श्रेष्ठ हुन सक्ने गरी काम गर्न आग्रह गरिन्।

कार्यक्रममा सो जिल्ला कमिटीका यसअघि अध्यक्ष वा सचिव भई नेतृत्व गरेका नेताहरु युवराज कार्की, सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, सानुकुमार श्रेष्ठ, निर्मल कुइँकेल, कृष्ण राईलाई सम्मान गरिएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाडौँका दश पालिकाबाट गरी पाँच सय ८५ प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ५ : ५१ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र