८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

एनडीए गठबन्धनमा भर पर्दै मोदीले लिए तेस्रो कार्यकालका लागि शपथ



नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् ।

भारतको लोकसभा निर्वाचनमा नवनिर्वाचित कार्यबाहक प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् ।

राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ सहभागी थिए ।

सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदी दोस्रो पटक सन् २०१९ मा पुनः प्रधानमन्त्री भएका थिए । अघिल्लो दुई कार्यकालमा आफ्नो पार्टी बीजेपीलाई अत्याधिक बहुमत दिलाउन सफल मोदीले यसपटक भने सामान्य बहुमत पनि ल्याउन सकेनन् । उनको पार्टीले २४० सिट मात्र जिते पछि यसअघिको कार्यकालमा नाममात्रको बनाएको एनडीए गठबन्धनमा भर पर्न मोदी बाध्य भएका छन् । धेरैजसो भारतीय विश्लेषकहरुले मोदी–३ भन्दा पनि एनडीएको सरकारको रुपमा विश्लेषण गरेका छन् ।

मोदीसँगै उनको मन्त्री परिषद्मा भाजपाका केन्द्रीय अध्यक्ष जगत प्रसाद नड्डा, राजनाथ सिंह, अमित शाह र नितिन गडकरीले क्याविनेट मन्त्रीका रूपमा शपथ लिएका छन् सिंह, शाह र गडकरी यस पहिलेको सरकारमा क्रमशः रक्षामन्त्री गृहमन्त्री र यातायात मन्त्रीका रूपमा काम गरेका थिए ।

नयाँ मन्त्रीमण्डलमा जनता दल युनाइटेडका राष्ट्रिय अध्यक्ष ललन सिंह र मध्यप्रदेशका पूर्वमूख्यमन्त्री शिवराज सिंह चौहानले पनि शपथ लिएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ८ : ४८ बजे

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ

ललितपुर । महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने एकजना पठाओ चालक पक्राउ

सांसदले स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दायर

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश