१८ माघ २०८२, आइतबार | February 1, 2026

एनडीए गठबन्धनमा भर पर्दै मोदीले लिए तेस्रो कार्यकालका लागि शपथ



नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् ।

भारतको लोकसभा निर्वाचनमा नवनिर्वाचित कार्यबाहक प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् ।

राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ सहभागी थिए ।

सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदी दोस्रो पटक सन् २०१९ मा पुनः प्रधानमन्त्री भएका थिए । अघिल्लो दुई कार्यकालमा आफ्नो पार्टी बीजेपीलाई अत्याधिक बहुमत दिलाउन सफल मोदीले यसपटक भने सामान्य बहुमत पनि ल्याउन सकेनन् । उनको पार्टीले २४० सिट मात्र जिते पछि यसअघिको कार्यकालमा नाममात्रको बनाएको एनडीए गठबन्धनमा भर पर्न मोदी बाध्य भएका छन् । धेरैजसो भारतीय विश्लेषकहरुले मोदी–३ भन्दा पनि एनडीएको सरकारको रुपमा विश्लेषण गरेका छन् ।

मोदीसँगै उनको मन्त्री परिषद्मा भाजपाका केन्द्रीय अध्यक्ष जगत प्रसाद नड्डा, राजनाथ सिंह, अमित शाह र नितिन गडकरीले क्याविनेट मन्त्रीका रूपमा शपथ लिएका छन् सिंह, शाह र गडकरी यस पहिलेको सरकारमा क्रमशः रक्षामन्त्री गृहमन्त्री र यातायात मन्त्रीका रूपमा काम गरेका थिए ।

नयाँ मन्त्रीमण्डलमा जनता दल युनाइटेडका राष्ट्रिय अध्यक्ष ललन सिंह र मध्यप्रदेशका पूर्वमूख्यमन्त्री शिवराज सिंह चौहानले पनि शपथ लिएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ८ : ४८ बजे

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका