५ श्रावण २०८३, मंगलबार | July 21, 2026

६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता



काठमाडौं । ६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मोसँग नेपाली जनगरिकता भएको पाइएको छ । आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको छ ।

उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

आफूलाई चिनियाँ नागरिक बताउने गुरूङले अवैधरूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरूङ पक्राउ परेको सीआईबीले जनाएको छ ।

सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सु्नसहित गुरूङलाई बौद्धको तिनचुलीबाट  नियन्त्रणमा लिएको थियो । प्हरीका अनुसार उनको साथबाट ९९९.९ किलो सुनको ईट्टा ६ थान (आधिकारिक रुपमा तौल र परीक्षण बाँकी), ४८ लाख नेपाली नगद रुपैयाँ र ३ थान मोबाइल बरामद भएको छ। पक्राउ परेका शेरब ग्याल्मो प्रहरीको खोजी सूचमिा रहेको ब्यक्ति भएको सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले बताए ।

गुरूङ अवैध सुन भन्सार चोरी पठारी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। बरामद सुन र गुरूङ बारे सीआईवीले थपअनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ४ : ३६ बजे

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा