२६ असार २०८३, शुक्रबार | July 10, 2026

२ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरासहित ५ जनाले सीआईबीको टोलीभन्दै प्रवेश गरेर दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेको अभियागमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनामा सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न एक जना भने अझै फरार रहेका छन् । प्रहरी हवल्दार बोहरा महाराजगञ्ज २ नम्बर गणमा कार्यारत थिए । उनलाई पनि पक्राउ गरेर हिरासतमा राखिएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा सुजन रसाइली, भीमबहादुर तामाङ, मुनाराज राई रहेका छन् । प्रहरी हबल्दार बोहरा र तामाङ सिन्धुपाल्चोक भोटेकोशीका हुन् ।

दधिकोटका डिल्ली राउतको घरमा ४ असारमा लुटपाट भएको थियो । मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार छन् । उनी डिल्ली राउतका मामा समेत हुन् ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ३ : ४४ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा