२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाँकेमा प्राचीन स्मारक सहित तिलोत्तमाका २ जना सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले प्राचीन स्मारक बुद्धको मुर्ति सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके राप्तिसोनारी गाउँपालिका वडा न. ८ ढकेरी शम्सेरगन्जबाट प्राचीन स्मारक बुद्धको मुर्ति सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तमा ११ बस्ने ५० वर्षिय खिम बहादुर कुँवर, सोही स्थानका ५० वर्षिय रामु न्यौपाने र दाङ घोराही उपमहानगरपालिका वडा न. १५ बस्ने ५८ वर्षिय निम बहादुर कुँवर रहेका छन् ।

प्रहरीका अनुसार राप्तीसोनारी ८ ढकेरीको सडकखण्डमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुमध्य खिमबहादुरले पछाडी बोकेको खैरो रङको झोला खोली हेर्दा ओमनमः शिवायः लेखिएको तुल (रुमाल) मा बेरी लुकाई राखिएको पिँधको गोलाई १ फिट ६ ईन्च , पिध देखि शिरको टुप्पो सम्मको उचाई ९ ईन्च, तौल गर्दा ८ किलो ६८० ग्राम भएको पहेंलो रङ्गको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने बुद्धको मुर्ति फेला परेको प्रहरीले जनाएको छ । सोही झोलाबाट ८ ईन्च लम्बाई कटर थान १, ८ ईन्च लम्बाई भएको पिलास थान १, ८ ईन्च लम्बाई भएको फलामको रेति थान १, र भारतिय सिमकार्ड १ थान बरामद भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : ३१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले