१३ श्रावण २०८३, बुधबार | July 29, 2026

‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पत्रकार रिसाललाई



काठमाडौं । रु एक लाख पुरस्कार राशीको ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा आज पत्रकार रिसालसँगै सातवटा विविध क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई पुरस्कृत गरिएको छ ।

स्वतन्त्र लेखनीतर्फ रामु सापकोटा, आर्थिक तथा सामुदायिक विकासतर्फ अमर सुनार, खानेपानी तथा सरसफाइतर्फ तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्य विषयमा वसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरतातर्फ विद्या राई, रोग रोकथाम तथा उपचार विषयमा स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापनतर्फ टङ्क पन्तलाई ‘रोटरी जर्नो अवार्ड’ प्रदान गरिएको हो । पुरस्कृत हुनेले जनही रु ५१ हजार प्राप्त गरेका छन् ।

रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र धोजु, अवार्ड समितिका निमित्त अध्यक्ष वरिष्ठ पत्रकार नम्रता शर्माको अध्यक्षतामा पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ०७ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा