२५ श्रावण २०८३, सोमबार | August 11, 2026

नेपालगन्जको न्युरोडबाट भन्सार छलि भित्रिएकोे ३८ लाख बढीको लत्ताकपडा बरामद



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको न्युरोडबाट ठुलो परिमाणको भन्सार छलेर भित्रिएको लत्ता कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज २ न्युरोडको भानुभक्त चोकबाट ३८ लाख बढीको लत्ताकपडा बरामद गरेको हो ।

स्थानीय सोनी गुप्ता घरमा भारतबाट अवैधरुपमा भन्सार छलेर नेपाल भित्राई भण्डारण गरी राखेको रेडिमेड लत्ताकपडा सहित गुप्तालाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुर्ता सुरुवाल ४ हजार २७४ पिसको अन्दाजी मूल्य ३४ लाख १९ हजार २०० तथा साडी ८४० पिसको अन्दाजी मुल्य ४ लाख २० हजार गरि जम्मा ३८ लाख ३९ हजार २०० बराबरको सामान बरामद भएको हो ।

बरामद सामान सहित पक्राउ परेको गुप्तालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : १७ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय