२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

सोमबारदेखि मनसुनको सकृयतामा कमी आउने



काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा क्रमिकरुपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आउने जनाएको छ ।

सोमबारदेखि महाशाखाले वर्षाको मात्रामा केही कमी आउने आज प्रकाशित सूचनामा उल्लेख छ । यद्देपी केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र  थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

वर्षाको कारण भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,  खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : ५३ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा