१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

ग्राण्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’



काठमाडौं । नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ ।

आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धि पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने जानकारी एक पत्रकार सम्मेलनबीच शेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए ।

ललितपुर बुङ्मतिमा रहेको नेपालकै अत्याधुनिक इनडोर अम्युजमेन्ट पार्क दि वन्डरल्याण्ड बाँकी एपिसोडका लागि मुख्य प्रायोजकमा जोडिएको छ । शेफ नेपाल उत्कृष्ट रियालिटि शो भएकाले मनोरन्जन बिधामा हातेमालो गर्न प्रमुख प्रायोजकको रुपमा शोसँग जोडिएको दि वन्डरल्याण्डका मार्केटिङ हेड शिखर बस्नेतले बताए । त्यसैगरी बाँकी एपिसोडमा उद्घोषकको रुपमा लोकप्रिय मिडियाकर्मी रक्षा उप्रेती जोडिएकी छन् ।

कार्यक्रमको जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका छन् । एक सय प्रतियोगी छनोट गरि शुरू भएको शोमा अब उत्कृष्ट आठ प्रतियोगीको प्रतिस्पर्धा हेर्न पाइनेछ ।

खाना सँस्कृतिको धनी देश नेपालमा पहिलोपटक फुड रियालिटी सो सन्चालन हुनु निकै गर्वको कुरा रहेको र यसले नेपाली रेसिपीको प्रवर्द्धनसँगै भान्से पेसालाई अझ गर्विलो बनाएको जजहरूको भनाइ छ ।

धर्म पिक्चर्सको ब्यानरमा निर्माण भएको कार्यक्रमको अब आउने एपिसोडहरू अझ रोमान्चक रहने बिश्वास कार्यक्रमका निर्माता एवं धर्म पिक्चर्सका सँस्थापक धर्मराज पाण्डेको रहेको छ ।

पछिल्लो एपिसोडहरु निर्माण गर्न कान्तिपुर टिभीको प्राविधिक सहयोग समेत रहेको छ । कार्यक्रमको फाइनल एपिसोड कान्तिपुर टिभीमा प्रशारण भए सँगै शेफ नेपालको युट्युब च्यानलमा समेत हेर्न सकिनेछ ।

विश्वका विभिन्न कुकिङ प्रतियोगितामा सफल भई नेपालको नाम विश्वभर फैलाएका मास्टर सेफ सन्तोष शाह मास्टर जजको भूमिकामा छन् ।

यस्तै देशका गाउँ बेसी भ्रमण गरी विभिन्न नेपाली खाना र स्वादहरूको अध्ययन एवं प्रवर्द्धन गरिरहेका भान्से लक्ष्मण प्रसाद भण्डारी र थाइ फुडका पारङ्गत गणेश ढकाल जजको भूमिकामा छन् ।

ढकाल रोयल थाई हस्पिटालिटी र बान थाई रेस्टुरेन्टका प्रबन्ध निर्देशक समेत हुन् । सेफ ढकालले ठिमी भक्तपुर स्थित रोयल थाई हस्पिटालिटिमा सञ्चालन गरिरहेको ब्याङ्क्वेटमा स्टुडियो सेट निर्माण गरि कार्यक्रमको सुटिङ भइरहेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : १७ बजे

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता