७ श्रावण २०८३, बिहिबार | July 24, 2026

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु



काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले विश्व तरंगित भएको छ ।

चुनावी र्यालीका क्रममा पेन्सिलभेनियाको बटलरमा ट्रम्पमाथि गोली प्रहार भएको थियो । मञ्चमा बोल्दै गर्दा गोली चलेको आवाज सुनियो । ट्रम्पले दाहिने कानमा हात राखेर निहुरे । अमेरिकी सेक्रेट सेवाका एजेन्टहरू तुरुन्तै ट्रम्पलाई कभर गर्न आइपुगे ।

एजेन्टहरूले ट्रम्पलाई उभिन मद्दत गर्दा ट्रम्पको अनुहार र कानमा रगत देखिएको थियो । यस क्रममा ट्रम्पले आफ्नो मुट्ठी समातेर हावामा हल्लाए । यसपछि गोप्य एजेन्टहरूले ट्रम्पलाई स्टेजबाट लगेर कारमा राखेर त्यहाँबाट अस्पताल लगेक थिए ।

सेक्रेट सेवाले आक्रमणकारी मारिएको जनाएको छ । यस हमलामा एक ट्रम्प समर्थकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो चुनावी यात्रा बिचमा छाडेर आज वासिङ्टन डिसी फर्कदैछन् । उनले ह्वाइट हाउसमा होमल्याण्ड सेक्युरिटी र कानून प्रवर्तन एजेन्सीको आपतकालीन बैठक बोलाएका छन् ।

त्यस्तै बाइडेनले ट्रम्पसँग कुरा गरेको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पले आफ्नो कानको उपल्लो भागमा लागेको बताएका छन् । उनी अहिले सुरक्षित रहेका छन् र उनले आफ्नो सुरक्षा गरिरहेका अमेरिकी गुप्तचर बिभागका कर्मचारीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : ३१ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी