१२ पुस २०८२, शनिबार | December 27, 2025

सिमलताल बस दुर्घटना : अहिलेसम्म १८ जनाको शव भेटियो, ९ जनाको सनाखत



चितवन । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका १८ जनाको शव फेला परेको छ ।

चितवन प्रहरीका अनुसार अहिले नारायणी नदी किनारमा शव भेटिने क्रम जारी रहेको छ । अहिलेसम्म शवहरु घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेजसम्म पुगेको पाइएको छ ।

अहिलेसम्म १८ जनाको शव फेला परेकोमा ९ जनाको मात्र सनाखत भएको छ । सनाखत भएका तीन यात्रू भारतीय रहेको र ६ जना नेपाली नागरिक रहेको खुलेको छ ।

जसमा त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन् ।

त्रिशुली नदीमा बससँगै बेपत्ता रहेका अझै ४४ यात्रुको अवस्था अज्ञात रहेको छ भने दुवै बस अहिलेसम्म भेटिएका छैन । नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोलीले त्रिशुली नदीमा बस खोज्ने क्रम जारी राखेको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेकोमा तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : २७ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल

अर्घाखाँचीको नरपानीमा होमस्टे व्यवस्थापन तालिम

अर्घाखाँची । पर्यटकीयस्थल नरपानी पोखेडाँडामा होमस्टे सञ्चालनका लागि होमस्टे व्यवस्थापन

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको

देश नयाँ शिराबाट अगाडि बढ्छ : ऊर्जामन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं । हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले