१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बुटवलमा कोरा साइक्लिङ च्यालेन्जले यसवर्ष पनि पायो निरन्तरता



बुटवल । बुटवलमा यसवर्ष पनि बुटवल कोरा २०२४ साइक्लिङ च्यालेन्जले निरन्तरता पाउने भएको छ । भातृत्व विकास र पर्यावरण संरक्षणको लागि भन्दै बुटवल साइक्लिङ ग्रुपले यस वर्ष पनि साउनको पहिलो शनिबार कोरा २०२४ साइक्लिङ च्यालेन्ज आयोजना गरेको हो ।

आज बुटवलमा पत्रकार सम्मेलन गर्दै यस वर्षको कोरा २०२४ साइक्लिङ च्यालेन्जको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । यस वर्षको कोरा २०२४ ले बुटवल मणिमुकुन्द कलेजबाट सुरू भई श्रृंगेश्वरधाम, योगिकुटी, मिलनचोक, हिलपार्क, चरङगे, धागो कारखाना, योगीकुटी तपाहा, शंकरनगर वनबाटिका, मणिग्राम, फर्साटिकर, नरेनापुर मन्दिर, ढवाह पिसपार्क, जितगढी किल्ला, जलविनायक मन्दिर, दुर्गा मन्दिर, गोलपार्क, ट्राफिक चोक, कालिकापथ हुँदै पुनः मणिमुकुन्द कलेजसम्मको ५० किलोमिटरको दूरी तय गरिएको ग्रुपका अध्यक्ष शिव चौधरीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै साइक्लिङ संघ लुम्बिनीका अध्यक्ष स्वस्तिक श्रेष्ठले कोरा पर्यटन र पर्यावरणमैत्री खेल भएकोले सबैलाई सहभागी हुन आग्रह गरे । उनले बुटवलमा पछिल्ला केही वर्षयता साइकल चलाऔं, स्वास्थ्य र पर्यावरण जोगाऔं भन्ने नारासहित कोरा गर्दै आएकोले यसलाई निरन्तरता दिँदै जानुपर्ने बताए ।

बुटवलमा संचालन हुँदै आएको कोरा साइक्लिङ च्यालेन्जले हरेक वर्ष कोरामा सहभागीहरूले स्वेच्छिक रूपमा दिएको दानबाट गम्भीर रोगबाट पीडित तथा अति अशक्त बिरामीलाई आर्थिक सहयोग गर्दै आएको उनले बताए ।

श्रेष्ठका अनुसार अघिल्लो वर्ष मिर्गौला प्रत्यारोपण गरेकी भैरहवाकी आयुषा पाण्डेलाई ४६ हजार रुपैयाँ प्रदान गरिएकोमा यस वर्ष पनि दुई जना व्यक्तिलाई आर्थिक सहयोग गरिने छ ।

मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले साइकल चलाउनु समय, स्वास्थ्य र धन सबैको लागि लाभदायक र किफायती रहेको बताए ।

कुनै पनि पवित्र उद्देश्यका साथ स्थानीय स्तरमा रहेका धार्मिक पर्यटकीय स्थलहरूको दाहिने पारेर गोलाकार रूपमा साइकलमा एक फन्को लगाउने कार्यलाई कोरा साइक्लिङ भनिन्छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : ०२ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से