६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवलमा कोरा साइक्लिङ च्यालेन्जले यसवर्ष पनि पायो निरन्तरता



बुटवल । बुटवलमा यसवर्ष पनि बुटवल कोरा २०२४ साइक्लिङ च्यालेन्जले निरन्तरता पाउने भएको छ । भातृत्व विकास र पर्यावरण संरक्षणको लागि भन्दै बुटवल साइक्लिङ ग्रुपले यस वर्ष पनि साउनको पहिलो शनिबार कोरा २०२४ साइक्लिङ च्यालेन्ज आयोजना गरेको हो ।

आज बुटवलमा पत्रकार सम्मेलन गर्दै यस वर्षको कोरा २०२४ साइक्लिङ च्यालेन्जको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । यस वर्षको कोरा २०२४ ले बुटवल मणिमुकुन्द कलेजबाट सुरू भई श्रृंगेश्वरधाम, योगिकुटी, मिलनचोक, हिलपार्क, चरङगे, धागो कारखाना, योगीकुटी तपाहा, शंकरनगर वनबाटिका, मणिग्राम, फर्साटिकर, नरेनापुर मन्दिर, ढवाह पिसपार्क, जितगढी किल्ला, जलविनायक मन्दिर, दुर्गा मन्दिर, गोलपार्क, ट्राफिक चोक, कालिकापथ हुँदै पुनः मणिमुकुन्द कलेजसम्मको ५० किलोमिटरको दूरी तय गरिएको ग्रुपका अध्यक्ष शिव चौधरीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै साइक्लिङ संघ लुम्बिनीका अध्यक्ष स्वस्तिक श्रेष्ठले कोरा पर्यटन र पर्यावरणमैत्री खेल भएकोले सबैलाई सहभागी हुन आग्रह गरे । उनले बुटवलमा पछिल्ला केही वर्षयता साइकल चलाऔं, स्वास्थ्य र पर्यावरण जोगाऔं भन्ने नारासहित कोरा गर्दै आएकोले यसलाई निरन्तरता दिँदै जानुपर्ने बताए ।

बुटवलमा संचालन हुँदै आएको कोरा साइक्लिङ च्यालेन्जले हरेक वर्ष कोरामा सहभागीहरूले स्वेच्छिक रूपमा दिएको दानबाट गम्भीर रोगबाट पीडित तथा अति अशक्त बिरामीलाई आर्थिक सहयोग गर्दै आएको उनले बताए ।

श्रेष्ठका अनुसार अघिल्लो वर्ष मिर्गौला प्रत्यारोपण गरेकी भैरहवाकी आयुषा पाण्डेलाई ४६ हजार रुपैयाँ प्रदान गरिएकोमा यस वर्ष पनि दुई जना व्यक्तिलाई आर्थिक सहयोग गरिने छ ।

मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले साइकल चलाउनु समय, स्वास्थ्य र धन सबैको लागि लाभदायक र किफायती रहेको बताए ।

कुनै पनि पवित्र उद्देश्यका साथ स्थानीय स्तरमा रहेका धार्मिक पर्यटकीय स्थलहरूको दाहिने पारेर गोलाकार रूपमा साइकलमा एक फन्को लगाउने कार्यलाई कोरा साइक्लिङ भनिन्छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : ०२ बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक