२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

आजको मौसम : कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशभर आंशिक देखि साधारणतया बदली रहने जनाउँदै विभागले कोशी,मधेस, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयबाट बच्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ७ : १७ बजे

दिउँसो ३ बजेसम्म ७६ लाखभन्दा बढी मतदान, ४० प्रतिशत मत खस्यो

काठमाडौं । देशभर जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ३

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत