६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघमा नयाँ विवाद, महासचिवलाई अध्यक्षको स्पष्टीकरण



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ विवाद सार्वजनिक भएको छ । कानुनी विवाद कायम रहेकै अवस्थामा रहेका महासचिव भीमबहादुर रानाभाटलाई संघका अध्यक्ष टंक धामीले स्पष्टीकरण सोधेपछि थप विवाद सार्वजनिक भएको हो ।

संघको निर्वाचन सम्पन्न भएदेखि नै एक पक्षले अस्वीकार गरिएका महासचिव रानाभाटलाई संघको कार्य संचालनमा अवरोध गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ । संघका अध्यक्ष धामीले रानाभाटलाई स्पष्टीकरण सोधेका हुन् । पत्रमा जानी जानी कार्यसमितिको बैठकमा अनुपस्थित रही संघको कार्यमा असहयोग गरेको र बैठकको जानकारी पत्र समेत बुझ्न इन्कार गरी विधान विपरितको पदिय मर्यादामा नरही विधान प्रतिकूल कार्य गरेको ठहर गरिएको उल्लेख छ ।

बुधबार सोधिएको स्पष्टीकरणमा रानाभाटबाट लिखित रुपमा विधानको दफा २९(ठ) बमोजिम लिखित जवाफ मागिएको छ ।

उल्लेखित विषयहरुका सम्बन्धमा पत्र प्राप्त भएको मितिले ३ दिनभित्र आफै उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न अनुरोध गरिन्छ, स्पष्टीकरणमा लेखिएको छ, उक्त अवधिभित्र लिखित स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण र प्रमाणहरु सन्तोषजनक नदेखिएमा विधान बमोजिम कारबाही भै जाने ब्यहोरा समेत जानकारी गराउँदछु ।

उता स्पस्टिकरण पाएका महासचिव रानाभाटले भने अध्यक्ष धामीले स्टन्ट गर्न खोजेको बताए । आफु लगातार संघको काममा सक्रिय रहेर काम गरिरहेको र अघिल्लो बैठक समेत आफैले संचालन गरेको बताउँदै रानाभाटले अध्यक्षले लगाएको आरोपको खण्डन गरे ।

अध्यक्ष धामीले भने संघको दैनीक कार्य संचालनमा महासचिवबाट अवरोध भएपछि काम गर्न असहज भएको बताए । उनले झण्डै १ महिना सम्पर्क बिहिन र फोन सम्पर्कमा समेत नआएपछि आफुले संघको कार्यसमितिको बैठक बोलाएको बताए ।

निर्वाचनको मत परिणाम अस्वीकार गर्दै अर्को समूहले महासचिवको पुनः मतदान वा मतगणनाका लागि अदालतमा दिएको मुद्धा अहिले पनि बिचाराधिन रहेको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ३ : १८ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज