३२ असार २०८३, बिहिबार | July 16, 2026

विराटनगरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि



विराटनगर । विराटनगरमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार बिहान थप २५ जनामा पोजिटिभ देखिएको हो ।

पोजिटिभ देखिएकामध्ये १७ जना पुरुष हुन् । बाँकी भने महिला रहेका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थपिएका संक्रमित ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।

महानगरपालिकाका अनुसार विराटनगर-१ मा १ जना, ३ मा ५ जना, ५ मा २ जना, ६ मा ५ जना, ८ मा १ जना, ९ मा २ जना, ११ मा १ जना, १३ मा १ जना, १५ मा १ जना, १६ मा ३ जना र १७ मा २ जना संक्रमित थपिएका हुन् ।

योसँगै विराटनगरमा संक्रमितको संख्या ४ सय ६७ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने ७६ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १ : ४३ बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको