२३ श्रावण २०८३, शनिबार | August 9, 2026

राष्ट्रिय परिचयपत्र : अब जातीय र सांस्कृतिक पहिचानको पोशाक लगाउन बाधा नपर्ने

फोटो खिचाउँदा टिका, माला खोल्न नपर्ने



काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने स्पष्ट पारेको छ ।

सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाइ रहेका सबै कार्यालयलाई परिपत्र गर्दै विभागले त्यसरी फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने उल्लेख गरिएको छ ।

विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातका सम्बन्धमा रहेका द्विविधा हटाइ सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन पनि मातहतका सबै कार्यालयलाई निर्देश गरिएको जानकारी दिए ।

उनले पठाएको चारबुँदे परिपत्रमा राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजात राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा ‘स्क्यान’ गरी प्रविष्ट गर्ने प्रयोजनका लागि सम्भव भएसम्म सक्कल वा छायाँप्रतिमा सम्बन्धित व्यक्तिले सक्कलबमोजिम नक्कल ठीक छ भनी प्रमाणित गरेका आधारमा दर्ता प्रक्रिया अगाडि बढाउन भनिएको छ ।

यस्तै व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएका खण्डमा अभिलेखबाट रुजुगरी विवरण दर्ताको व्यवस्था मिलाउन पनि भनिएको छ । कार्यालयमा अन्य जिल्लाका नागरिकले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउन परिपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ९ : ४४ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी