१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

स्थानीय तह धमाधम लकडाउन गर्दै, बाँकेको कोहलपुरमा आईतबारबाट लकडाउन



नेपालगन्ज । संघीय सरकारले स्थानीय तहलाई लकडाउन सम्मको निर्णय गर्न सक्ने निर्णय गरेसँगै स्थानीयतहबाट धामधम कलडाउनको घोषणा हुन थालेका छन् ।

प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल उपमहानगरले पूर्ण लकडाउनको निर्णय गरेपछि प्रदेशका अन्य पालिकाहरुले पनि कतै पूर्ण त कतै आंशिक लकडाउनको घोषणा गरिरहेका छन् । रुपन्देहीको सिद्धार्थनगरले लकडाउन घोषणा गरेको भोलिपल्ट बाँकेको कोहलपुर नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुरका सम्पुर्ण सेवाहरु बन्द गरिने भएको हो ।

कोहलपुर नगरपालिकाले शनिबार एक सुचना जारी गदै साउन ३२ गतेदेखी भाद्र ५ गते मध्य रातीसम्म सम्पुर्ण सेवा बन्द गर्ने जनाएको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षमा बसेको सर्वपक्षिय बैठकले नगरपालिका कार्यालय, नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, होटल ब्यवसाय, अन्य ब्यापार ब्यवसाय, उद्योग कलकारखाना तथा हाटबजार आगामी भाद्र ५ गतेसम्मकालागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

यस अवधिमा राजमार्गमा चल्ने सवारी साधन बाहेक राजपत्रमा तोकिएको अत्यावश्यक सेवा बाहेकका सवारी साधन तथा गतिबिधि संचालन गर्न नपाउने गरि निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए ।

यसअघि कोरोनाको संक्रमणको दर उच्च देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा लागु गरेको थियो । १३ दिन लामो निषेधाज्ञा शनिबारदेखी हटाए लगत्तै कोहलपुर नगरपालिकाले नगर क्षेत्र आफै लकडाउनको घोषणा गरेको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ३ : ५८ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर