१२ पुस २०८२, शनिबार | December 27, 2025

विद्युत बक्यौता उठाउनुपर्ने अडान राख्ने प्राधिकरणका दुई सञ्चालक हटाइए



काठमाडौं । उर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ । मन्त्रिस्तरीय निर्णयबाट सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको हो ।

दुवैलाई यसअघि साउन १५ गते स्पष्टिकरण सोधिएको र सो स्पष्टिकरणको जवाफ साउन १८ गते दुवैले बुझाएकोमा उर्जा मन्त्रालयले सोहि दिन नै दुवैलाई हटाएको थियो ।

पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विवादमा दुवै सदस्यले रकम उठानुपर्ने अडान राख्दै आएका थिए ।

विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चर्किएपछि अहिले यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत पुगेको छ । लेखा समितिमा पुगेर समेत कुलमानले बक्यौता नतिरे उद्योगको लाइन काट्नुपर्ने आफ्नो अडान दोहोराएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ४ : ५३ बजे

आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

डडेल्धुरा । जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँमा

आज काठमाडौंको यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा

आजको मौसम : तराईमा दिनभर हुस्सु लाग्ने

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको