२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सदन समक्ष पेस गर्नेछन् ।

त्यस्तै आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १० : ०५ बजे

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको

आज तेस्रो प्रदेश भाषा दिवस, वाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको