७ श्रावण २०८३, बिहिबार | July 23, 2026

हिंसात्मक प्रदर्शनका बीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन राजीनामा, देशबाट पलायन



काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले पदबाट राजीनामा दिएकी छिन् ।

आरक्षण र कोटा विरोधी विद्यार्थी आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री हसिनाले आज पदबाट राजीनामा दिएकी हुन् । उनले राजीनामा दिएसँगै देश छोडेकी छिन् । देश छोड्ने क्रममा उनकी बहिनी शेख रहना पनि संगै गएकी छिन् ।

राजधानी ढाकामा हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए ।
आरक्षण विरोधी आन्दोलन सोमबार थप चर्किएको छ । सो आन्दोलनका क्रममा सयौं प्रदर्शनकारीको मृत्यु भैसकेको छ ।

प्रधानमन्त्रीले देश छोडेपछि बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग पछिल्लो अवस्थाबारे छलफल गर्न लागेको बीबीसी बांग्लाले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ३४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी