२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आम्दाको प्रशासनिक भवनको नामाकरणमा राजनीतिकरण भएको भन्दै एमाले बुटवलको आपत्ति



बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को प्रशासनिक भवनलाई नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामाकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आपत्ति जनाएको छ । साउन १६ गते बसेको अस्पताल व्यवस्थापन समितिको वैठकमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयको प्रस्तावमा अस्पतालको प्रशासनिक भवनको नाम कांग्रेस नेता सुर्यप्रसाद प्रधानको नाममा नामाकरण गर्ने निर्णय भएको भन्दै एमाले बुटवलले आपत्ति प्रकट गरेको हो ।

एमाले नगर अध्यक्ष किसन ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रशासनिक भवनको नाम सूर्यप्रसाद प्रधानसंग जोडेर राख्ने निर्णय गर्नु अत्यन्तै त्रुटिपूर्ण निर्णय भएको जनाएका छन् । ‘२० वर्ष पहिले निर्माण भईसकेको प्रशासनिक भवनलाई हाल आएर अमूक राजनितिक व्यक्तिको नाममा नामाकरण गर्ने अत्यन्तै त्रुटि पूर्ण निर्णय भएको छ,अतः पुरानो प्रशासनिक भवनलाई व्यक्तिसंग जोडेर नामाकरण गर्ने निर्णयप्रति हाम्रो पार्टीको गम्भिर असहमति रहेको व्यहोरा जानकारी गराँउदै उक्त अपरिपक्क निर्णय तत्काल फिर्ता लिई आम्दा अस्पतालको गुरुयोजना अनुसार सेवा विस्तार तथा प्रभावकारी सञ्चालनको काम अगाडि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ’–विज्ञप्तिमा भनिएको छ ।

२०५५ सालमा बुटवल ७ दिपनगरमा स्थापना भई सञ्चालनमा आएको अस्पताल जापानको आम्दा इन्टरनेशनल र नेपाल सरकारको सहयोगमा निर्माण भएको हो । स्थानीय व्यवस्थापन समितिका उपाध्यक्ष एवं बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरिप्रसाद अर्यालले सूर्यप्रसाद प्रधानले अस्पताल स्थापनामा खेलेको भूमिकाको सम्मानका लागि प्रशासनिक भवन उहांको नाममा नामाकरण गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १२ : ५० बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष