२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

कुलमान घिसिङको ३ वर्षे कार्यकाल : यस्तो छ प्रगति विवरण (पूर्णपाठ)



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा पछिल्लो नियुक्तिबाट कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । दोस्रो पटकका लागि उनलाई सरकारले २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्ति गरेको थियो ।

कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै घिसिङले ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७८/७९ र आव २०७९/८० मा क्रमश: ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको बताए । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र आफूबीच प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएकोमा ८०र८१ को सम्झौताको प्रगति मुल्याँकनको क्रममा रहेको घिसिङले बताए ।

सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पु¥याउन निःशुल्क मिटरसमेत वितरण गरिएको बताउँदै उनले बस्तिको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरुसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत प्राधिकरणबाट ठूलो लगानी गरिएको बताए ।

निर्देशक घिसिङले आठ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको बताए । प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको पनि उनले बताए । घर–घर र वस्तिवस्तिमा बत्ति बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको उनले दाबी गरे ।

उनले प्राधिकरण सरकारकै एक अङ्ग भएको स्पष्ट पार्दै सरकारसँग प्राधिकरणको कुनै विबाद नरहेको बताए । उनले सरकारले पनि खपत गरेको रकम तिर्नुपर्ने बताउँदै आएको बताउँदै उनले प्राधिकारणले सरकारबाट आउने कानुनसम्मत निर्देशन पालना गर्ने बताए । उनले डेलिकेटेड र ट्रंकलाईन बापतको बक्यौता रकम उद्योगीहरुले छिट्र्ट तिर्ने समेत विश्वास ब्यक्त गरे ।

निर्देशक घिसिङले लेखा समितिलाई अवश्यक कागजपत्र नै आफुले पठाएको बताउँदै सबै कागजपत्र आवश्यक र एक अर्काकासँग सम्बन्धित रहेको स्पष्ट पारे । प्रत्येक घण्टाको विवरण समावेश गरेर तयार गरिएको कागजपत्र र बिभिन्न बेलामा अदालतबाट आएको फैसलाहरु समेत सपोर्टका लागि पठाउँदा केही धेरै देखिएपनि सबै आवश्यक कागजपत्र नै भएको घिसिङको भनाई छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ३ : ०७ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा