२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मनमोहन अस्पतालको छतबाट हाल्फालेका युवाको मृत्यु



काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेका एक युवाको आज मृत्यु भएको छ ।

प्रहरी वृत्त महाराजगञ्जका अनुसार अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाल्फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको हो ।

महाराजगञ्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केहीबेरमा हाम्फालेका पाइएको जानकारी दिए । उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पनि बताइएको छ ।

घटना अपराह्न ३ः०० बजेतिर भएको र घटनापछि गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी अस्पतालमा बिरामी वा बिरामीका आफन्तसमेत नभएको पाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ७ : ५८ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष