३० चैत्र २०८२, सोमबार | April 13, 2026

भारतका पूर्वविदेशमन्त्री सिंहको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त



नयाँदिल्ली । भारतका पूर्व विदेशमन्त्री तथा कांग्रेस नेता के नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको गुरुग्राम (हरियाणा) स्थित मेदान्त अस्पतालमा निधन भएको हो ।

काङ्ग्रेस नेता एवं राज्यसभा सांसद रणदीप सिंह सुरजेवालाले शनिबार राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको शोक सन्देशमा भनिएको छ, “पूर्व विदेशमन्त्री नटवर सिंहजीको निधन भएको छ । ईश्वरले उहाँको परिवारलाई यो क्षति सहने शक्ति प्रदान गरुन्, साथै, दिवङ्गत आत्माको शान्तिका लागि कामना ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व विदेशमन्त्री नटवर सिंहको निधनप्रति दुःख व्यक्त गर्दै उनले कूटनीति र वैदेशिक नीतिका क्षेत्रमा भारतका लागि गरेको योगदानको प्रशंसा गरेका छन ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन, “नटवर सिंहजीको निधनबाट मर्माहत भएको छु । उहाँले कूटनीति र विदेश नीतिको क्षेत्रमा भारतका लागि ठूलो योगदान दिनुभएको छ । उहाँ आफ्नो बुद्धि र विपुल लेखनका लागि पनि चिनिनुहुन्थ्यो । दुःखको यस घडीमा उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना प्रकट गर्दछु ।

सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषद्मा विदेश मन्त्रीको रूपमा काम गरेका थिए । सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १ : २९ बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ