१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेपालगन्जमा मनाइयो फोनिजको २५ औं स्थापना दिवस



नेपालगन्ज । फोनिजको अभियान, संचारमा पहिचान भन्ने मुल नाराका साथ नेपालगन्जमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस मनाईएको छ । फोनिज लुम्बिनी प्रदेश समिति र बाँके शाखाको सयुक्त आयोजनामा २५ औं स्थापना दिवस मनाईएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारुको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रमको उदघाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले गरे । सो अवसरमा बोल्दै चौलागाईले संचार क्षेत्रमा आदिवासी जनजातिहरुको भुमिका अतुलनिय रहेको बताए । उनले आफ्नो पहिचानलाई जिवन्त राख्न आस्थागत पत्रकारहरुको भुमिका अपरिहार्य रहेको बताउँदै आफ्नो पहिचानलाई जोगाउन आफ्नै समुदायको योगदान रहने भएको हुनाले पहिचानलाई बचाउन र टिकाई राख्न सम्पुर्ण आस्थागत संगठनसंग समन्वयको खाँचा रहेको बताए ।

फोनिजले अझ आफ्नो सदस्यहरुलाई उत्प्रेरणा दिन वा टिकाई राख्न विभिन्न खाले कार्यक्रमको आयोजना गरिनुपर्ने उनले धारणा राखे ।

फोनिज लुम्बिनी प्रदेश समितिका अध्यक्ष गजेन्द्र गुरुङले आदिवासी जनजातिहरुको पहिचान, रहनसहन संस्कृति अन्य समुदाय भन्दा फरक रहेको भन्दै यसलाई जोगाई राख्न ८ वटा समुदायका आदिवासी जनजातिहरु एकतावद्ध हुन आवश्यक रहेको बताए । उनले लुम्बिनी प्रदेशमा आदिवासी जनजाति पत्रकारको संख्या अन्य समुदायको भन्दा बढि रहेको हुनाले नेपाल पत्रकार महासंघमा प्रतिनिधित्व कायम गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यवाहक अध्यक्ष संगिन शर्माले नेपालमा छरिएर रहेका विभिन्न जातका समुदायले पनि आफ्नो समुदायको प्रथामिकताका साथ प्रचारप्रसार गर्न आवश्यक रहेको धारणा राखे । कार्यवाहक अध्यक्ष शर्माले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनका लागि फोनिजले पनि अतुलनिय भुमिका खेल्न आवश्यक रहेको बताए ।

२५ औं स्थापना दिवस कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य आरिफ अन्सारी, नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्मर थापा, नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक महराई मगर, कोषाध्यक्ष विर बहादुर राना मगर, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, समाजवादी पत्रकार संगठनका अध्यक्ष लोकनाथ शर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेललगायतले २५ औं स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।

फोनिज बाँकेका सदस्य ममता थापाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य फोनिज बाँकेका सहसचिव सुमन गिरी श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा विभिन्न मिडियामा आवद्ध पत्रकार लगायत आदिवासी जनजातिसंग जोडिएका संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ४५ बजे

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा