२० मंसिर २०८२, शनिबार | December 6, 2025

भेरी अस्पतालले घटायो सेवा शुल्क, जेष्ठ नागरिक, अशक्त र गर्भवती महिला लाईन बस्न नपर्ने



नेपालगन्ज । भेरी अस्पतालमा सेवाग्राहीहरुले प्राप्त गर्ने सेवा शुल्कहरुमा समायोजन गरिएको छ । अस्पतालको सेवालाई आधारभूत वर्ग सम्म पुर्याउने उद्देश्यले बिभिन्न सेवाहरुमा लाग्दै आएको शुल्क घटाइएको अस्पताल विकास समितिले जनाएको छ ।

अस्पतालबाट प्रवाह भइरहेको आपिजी शुल्क १ हजार ५०० बाट घटाएर ८००, डेक्सा स्क्यान शुल्क २ हजार ५०० बाट घटाएर १ हजार ५०० कायम गरिएको समितिले जानकारी दिएको छ । अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालका अनुसार अस्पतालले ईमरजेन्सी विभागबाट दिइरहेको एक्सरे सेवालाई थप जनशक्तीको ब्याबस्थापन गरी चौविसै घण्टा सेवा प्रदान गर्ने निर्णय गरिएको छ । विकास समितिको आज बसेको बैठकले अस्पतालमा हिस्टोप्याथोलोजी सेवा विस्तारको लागि आवश्यक तयारी गरी यथासिघ्र संचालनमा ल्याउने निर्णय भएको धितालले बताए ।

यसअघि नै अनलाईन टिकटको व्यवस्था गरेको अस्पतालबाट आजबाट ओ.पि.डी. टिकट काउण्टरमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपाँगता र गर्भवती महिलाहरुलाईनमा नबसी यथासिघ्र सेवा प्राप्त गर्ने गरी व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ ।

खबरकुरासँग कुरा गर्दै अस्पताल विकास समितिका अध्यक्ष बिरेन्दबहादुर शाहले प्राबिधिक खराबीका कारण सेवा अबरुद्व भएको सिटी स्क्यान मेसिन यथासिघ्र मर्मत गरि सेवा सँचालन गरिने जानकारी दिए । सिटी स्क्यान मसिन धेरै पुरानो भइ हरेक वर्ष मर्मत गर्नुपर्नुर्ने हुँदा सोको खर्च धान्न अस्पतालले नसक्ने अवस्था रहेको उनले बताए । उनले विकास समितिको आग्रहमा १२८ स्लाईस क्षमताको नयाँ सिटी स्क्यान खरिद गर्नको लागि स्वास्थ्य तथा जनसख्या मन्त्री र स्वास्थ्य सचिबले प्रतिबद्धता गरिसकेको पनि उनले बताए ।

उनका अनुसार समितिले ओपीडीमा चेकजाँच गराउन आउने बिरामीले चिकित्सकले लेखिदिएको औषधी अस्पताल हातामा रहेको फार्मेसीबाट नै पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । चिकित्सकले लेखेको सबै औषधी अस्पताल हातामा रहेको फार्मेसीमा उपलब्ध नहुँदा सेवाग्राही बाहिरका मेडिकलमा महँगोमा औषधी खरिद गर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा दैनिक एक हजारभन्दा बढीको संख्यामा सर्वसाधारण आउने गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १० : ३१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले