२३ बैशाख २०८३, बुधबार | May 6, 2026

भेरी अस्पतालले घटायो सेवा शुल्क, जेष्ठ नागरिक, अशक्त र गर्भवती महिला लाईन बस्न नपर्ने



नेपालगन्ज । भेरी अस्पतालमा सेवाग्राहीहरुले प्राप्त गर्ने सेवा शुल्कहरुमा समायोजन गरिएको छ । अस्पतालको सेवालाई आधारभूत वर्ग सम्म पुर्याउने उद्देश्यले बिभिन्न सेवाहरुमा लाग्दै आएको शुल्क घटाइएको अस्पताल विकास समितिले जनाएको छ ।

अस्पतालबाट प्रवाह भइरहेको आपिजी शुल्क १ हजार ५०० बाट घटाएर ८००, डेक्सा स्क्यान शुल्क २ हजार ५०० बाट घटाएर १ हजार ५०० कायम गरिएको समितिले जानकारी दिएको छ । अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालका अनुसार अस्पतालले ईमरजेन्सी विभागबाट दिइरहेको एक्सरे सेवालाई थप जनशक्तीको ब्याबस्थापन गरी चौविसै घण्टा सेवा प्रदान गर्ने निर्णय गरिएको छ । विकास समितिको आज बसेको बैठकले अस्पतालमा हिस्टोप्याथोलोजी सेवा विस्तारको लागि आवश्यक तयारी गरी यथासिघ्र संचालनमा ल्याउने निर्णय भएको धितालले बताए ।

यसअघि नै अनलाईन टिकटको व्यवस्था गरेको अस्पतालबाट आजबाट ओ.पि.डी. टिकट काउण्टरमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपाँगता र गर्भवती महिलाहरुलाईनमा नबसी यथासिघ्र सेवा प्राप्त गर्ने गरी व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ ।

खबरकुरासँग कुरा गर्दै अस्पताल विकास समितिका अध्यक्ष बिरेन्दबहादुर शाहले प्राबिधिक खराबीका कारण सेवा अबरुद्व भएको सिटी स्क्यान मेसिन यथासिघ्र मर्मत गरि सेवा सँचालन गरिने जानकारी दिए । सिटी स्क्यान मसिन धेरै पुरानो भइ हरेक वर्ष मर्मत गर्नुपर्नुर्ने हुँदा सोको खर्च धान्न अस्पतालले नसक्ने अवस्था रहेको उनले बताए । उनले विकास समितिको आग्रहमा १२८ स्लाईस क्षमताको नयाँ सिटी स्क्यान खरिद गर्नको लागि स्वास्थ्य तथा जनसख्या मन्त्री र स्वास्थ्य सचिबले प्रतिबद्धता गरिसकेको पनि उनले बताए ।

उनका अनुसार समितिले ओपीडीमा चेकजाँच गराउन आउने बिरामीले चिकित्सकले लेखिदिएको औषधी अस्पताल हातामा रहेको फार्मेसीबाट नै पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । चिकित्सकले लेखेको सबै औषधी अस्पताल हातामा रहेको फार्मेसीमा उपलब्ध नहुँदा सेवाग्राही बाहिरका मेडिकलमा महँगोमा औषधी खरिद गर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा दैनिक एक हजारभन्दा बढीको संख्यामा सर्वसाधारण आउने गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १० : ३१ बजे

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना