२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बैकुण्ठधाम धार्मिक महोत्सवका लागि ३ हजार १ सदस्सीय मुल समिति गठन गरिने



नेपालगन्ज । राप्ती तट सिधनियाघाटमा प्रस्ताव गरिएको बैकुण्ठधाम निर्माणका लागि आयोजना गरिने बैकुण्ठधाम धार्मिक महोत्सवका लागि ३ हजार १ सदस्सीय मुल आयोजक समिति बनाइने भएको छ । आगामी कार्तिक २२ देखि ३० गते सम्म नेपालगन्जको रामलिला मैदानमा संचालन गरिने धार्मिक महोत्सवका लागि सबै बर्ग, तह, क्षेत्र र समुदायलाई समेटेर ३ हजार १ सदस्सीय मुल आयोजक समिति गठन गरिने भएको हो ।

प्ररारम्भीक मुल समितिको तर्फबाट संयोजक सुरेश कुमार कनोडियाले आज प्रेस विज्ञप्ति जारी गर्दै बैकुण्ठधाम निर्माणको थालनीको खबर सार्वजनिक भएसँगै विभिन्न माध्यमद्‌द्वारा तदर्थ समितिलाई प्राप्त सुझाव सल्लाहले थप हौसारा प्रदान गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उक्त महोत्सवलाई प्रभावकारी र उपलब्धीमूलक बनाउनकालागि समितिले एउटा मुल समिति गठन गर्ने तथा मुलसमितिका अलवा उपसमितिहरु तथा सल्लाहकार समितिको समेत गठन गरिने जनाइएको छ । महोत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गर्नकालागि सुर्खेत रोडमा सचिवालय संचालनमा आएको विज्ञप्तिमा जानकारी दिइएको छ ।

मुलसमितिमा समाजका विभिन्न तहतप्काका व्यक्तित्वहरु, समाजसेवी, नागरिक अगुवा, स्थानीय बासिन्दा, विभिन्न पेशागत संघ संगठनहरु, राजनीतिक दल, जनप्रतिनिधिहरु, विभिन्न धर्मगुरु, सामाजिक काममा संलग्न संस्था वा व्यक्तिहरु, संचारकर्मी वा यस पुनित कार्यमा योगदान गर्न इच्छुक हर कोहि व्यक्ती वा संघ संस्थाहर रहन सक्ने जनाइएको छ । ‘सचिवालय पूर्णरुपमा संचालन भएसँगै विभिन्न समितिरउपसमितिहरुले पुर्णता पाउँदै जानेछन्। हाललाई विभिन्न पेशागत संघसंगठन, सामाजिक संघ संस्था र उनिहरुका अध्यक्षहरुको नाम मूलसमितिको निम्ति प्रस्तावित गरिएको व्यहोरा समेत अनुरोध गर्दछौ। प्रस्तावित नामका अलवा छुट हुन आएका र इच्छुक महानुभावहरुलाई समेटदै लैजाने समेत अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा ‘गाँउ गाँउबाट उठौं, बस्ति बस्तिबाट जुटौं, यो महान अभियानमा कोही कतैबाट पनि नछुटौं’ भन्ने पवित्र नारालाई साकार पार्ने इच्छुक महानुभावहरुले आफ्नो नाम र योगदान गर्न चाहेको क्षेत्र सहित मुल समितिमा आवद्ध हुनका लागि अपील गरिएको छ ।

मर्निङवाकमा भेटिने नेपालगन्जका डाक्टर, पत्रकार, मानवअधिकारकर्मी, कानून व्यवसायी, उद्योगीको समूहले बनाएको मल्हमपट्टी ग्रुपको अगुवाईमा बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समिति निर्माण गरेर अध्यात्मिक महोत्सव आयोजना गर्न थालिएको  हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ९ : ४७ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल