१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बैकुण्ठधाम धार्मिक महोत्सवका लागि ३ हजार १ सदस्सीय मुल समिति गठन गरिने



नेपालगन्ज । राप्ती तट सिधनियाघाटमा प्रस्ताव गरिएको बैकुण्ठधाम निर्माणका लागि आयोजना गरिने बैकुण्ठधाम धार्मिक महोत्सवका लागि ३ हजार १ सदस्सीय मुल आयोजक समिति बनाइने भएको छ । आगामी कार्तिक २२ देखि ३० गते सम्म नेपालगन्जको रामलिला मैदानमा संचालन गरिने धार्मिक महोत्सवका लागि सबै बर्ग, तह, क्षेत्र र समुदायलाई समेटेर ३ हजार १ सदस्सीय मुल आयोजक समिति गठन गरिने भएको हो ।

प्ररारम्भीक मुल समितिको तर्फबाट संयोजक सुरेश कुमार कनोडियाले आज प्रेस विज्ञप्ति जारी गर्दै बैकुण्ठधाम निर्माणको थालनीको खबर सार्वजनिक भएसँगै विभिन्न माध्यमद्‌द्वारा तदर्थ समितिलाई प्राप्त सुझाव सल्लाहले थप हौसारा प्रदान गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उक्त महोत्सवलाई प्रभावकारी र उपलब्धीमूलक बनाउनकालागि समितिले एउटा मुल समिति गठन गर्ने तथा मुलसमितिका अलवा उपसमितिहरु तथा सल्लाहकार समितिको समेत गठन गरिने जनाइएको छ । महोत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गर्नकालागि सुर्खेत रोडमा सचिवालय संचालनमा आएको विज्ञप्तिमा जानकारी दिइएको छ ।

मुलसमितिमा समाजका विभिन्न तहतप्काका व्यक्तित्वहरु, समाजसेवी, नागरिक अगुवा, स्थानीय बासिन्दा, विभिन्न पेशागत संघ संगठनहरु, राजनीतिक दल, जनप्रतिनिधिहरु, विभिन्न धर्मगुरु, सामाजिक काममा संलग्न संस्था वा व्यक्तिहरु, संचारकर्मी वा यस पुनित कार्यमा योगदान गर्न इच्छुक हर कोहि व्यक्ती वा संघ संस्थाहर रहन सक्ने जनाइएको छ । ‘सचिवालय पूर्णरुपमा संचालन भएसँगै विभिन्न समितिरउपसमितिहरुले पुर्णता पाउँदै जानेछन्। हाललाई विभिन्न पेशागत संघसंगठन, सामाजिक संघ संस्था र उनिहरुका अध्यक्षहरुको नाम मूलसमितिको निम्ति प्रस्तावित गरिएको व्यहोरा समेत अनुरोध गर्दछौ। प्रस्तावित नामका अलवा छुट हुन आएका र इच्छुक महानुभावहरुलाई समेटदै लैजाने समेत अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा ‘गाँउ गाँउबाट उठौं, बस्ति बस्तिबाट जुटौं, यो महान अभियानमा कोही कतैबाट पनि नछुटौं’ भन्ने पवित्र नारालाई साकार पार्ने इच्छुक महानुभावहरुले आफ्नो नाम र योगदान गर्न चाहेको क्षेत्र सहित मुल समितिमा आवद्ध हुनका लागि अपील गरिएको छ ।

मर्निङवाकमा भेटिने नेपालगन्जका डाक्टर, पत्रकार, मानवअधिकारकर्मी, कानून व्यवसायी, उद्योगीको समूहले बनाएको मल्हमपट्टी ग्रुपको अगुवाईमा बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समिति निर्माण गरेर अध्यात्मिक महोत्सव आयोजना गर्न थालिएको  हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ९ : ४७ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता