६ भदौ २०८३, शनिबार | August 22, 2026

उप्किएको ‘सेन्थेटिक ट्रयाक’ हेर्दै खेलकुद मन्त्रीले भने-‘रेखदेख गर्ने जिम्मा ठेकेदारको भएकाले चिन्ता लिनुपर्दैन’



नेपालगन्ज । एकजना खेलाडीले नटेक्दै निर्माण सम्पन्न भएको एक महिनामा उप्किएको नेपालगन्ज रंगशालास्थित विवादित ‘सेन्थेटिक ट्रयाक’ को युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्थलगत निरीक्षण गरेका छन् । दशौं राष्ट्रिय खेलकुदको पूर्व तयारी हेरेर सुर्खेतबाट नेपालगन्ज आइपुगेका मन्त्री चौधरीले आज साँझ नेपालगन्ज रंगशाला पुगेर उप्किएको सेन्थेटिक ट्रयाकको अवलोकन निरीक्षण गरेका हुन् ।

स्थलगत रुपमा निरीक्षण गरिसकेपछि मन्त्री चौधरीले हालै निर्माण सम्पन्न भएको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उप्किएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । ‘ध्यानाकर्षण भएरै अनुगमन गर्न आएको छु ।’ उनले भने ।

सेन्थेटिक ट्रयाक अहिलेसम्म हस्तान्तरण नभएको उल्लेख गर्दै हस्तान्तरण नहुँदै ट्रयाक उप्केको हुँदा त्यसको सबै जिम्मेवारी ठेकेदारले लिनुपर्ने मन्त्री चौधरीले बताए । ‘मेन्टेन गरेर पनि अन्र्तराष्ट्रिय मापदण्ड अनुसार ओके भएपछि मात्रै सेन्थेटिक ट्रयाक हामी हस्तान्तरण लिन्छौ, त्यसपछि दुई वर्षमा कुनै बिग्रियो, उप्कियो वा केही भयो भने सम्पूर्ण मेन्टेन गर्ने, रेखदेख गर्ने जिम्मा ठेकेदारको भएको हुनाले त्यसमा चिन्ता लिनुपर्दैन,’ चौधरीले भने ।

राष्ट्रिय खेलकुद परिषदका निर्मित भौतिक संरचनाको संरक्षण गर्ने विषयमा मन्त्रालय गम्भिर रहेको उनले बताए । सबै भौतिक संरचना राखेपले मात्रै रेखदेख गर्न सक्ने अवस्था नरहेको भन्दै मन्त्री चौधरीले अर्बौ रुपैयाँको लगानी बनेका भौतिक संरचना बेवारिसे राख्न नहुने बताए ।

मन्त्री चौधरीले निरीक्षण गरिरहँदा राखेपका एक कर्मचारीले भने रंगशालाको माटोलाई दोष दिँदै मरमत गर्न पनि घाम लाग्नुपर्ने तर्क गरिरहेका थिए । उनले आफ्नै निगरानीमा ‘सेन्थेटिक ट्रयाक बनेको जनाउँदै माटो दबेका कारण ‘सेन्थेटिक ट्रयाक उप्किएको तर्क गर्दै थिए । उनले काठमाडौं स्थित दशरथ रंगशालाको ‘सेन्थेटिक ट्रयाकभन्दा नेपालगन्जको सामाग्री कम गुणस्तरको नभएको तर्क गर्दै थिए ।

हस्तान्तरण नहुँदै सेन्थेटिक ट्रयाक उप्किएपछि राष्ट्रिय खेलकुद परिषदले राखेपका सदस्य एल।बी। क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १० : ४३ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक