१९ बैशाख २०८१, बुधबार | May 1, 2024

सोमबार थपिए जना ५८१ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १६८ थपिए



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिने झन पछि झन बढ्दै छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५८१ जना नयाँ संक्रमित थपिएका छन् ।

११ हजार ५२० पीसीआर परीक्षण गर्दा ५८१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा १६८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै १३९ जना संक्रमित थपिएका छन् । ललितपुरमा १५ र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

हालसम्म जना व्यक्ति संक्रमणबाट मुक्त भएर १७ हजार ४९५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

देशभरीका आइसियुमा १ सय १३ जना उपचाररत रहेका छन । नम्बर १ मा १ जना, प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश नम्बर ५ मा ११ जना संक्रमित उपचाररत रहेका छन । बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

देशभरका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा रहनेहरुको संख्या १५ हजार १९८ रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ४ : २९ बजे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै